२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

63

काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके ।

विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।

भर्खरै