२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डोटीमा आज रातिबाट निषेधाज्ञा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

39

डोटी । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।

भर्खरै