२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विशेषज्ञको दाबीः दोस्रो डोज खोप लगाएपछि कोरोनाकै कारण मृत्यु नहुने ग्यारेन्टी हुन्छ
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

165

कोरोना खोपसँग सम्बन्धित विभिन्न जिज्ञासाबारे भारतीय पत्रिका दैनिक भास्करका रवीन्द्र भजनीले एक्सपर्ट मेडिसिन महात्मा गान्धी मेमोरियाल हस्पिटलका प्राध्यापक डा. भीपी पाण्डे र सेल्बी ग्रुप अफ हस्पिटल्सका कन्सलटिङ फिजिसियन डा. अजय परिखसँग कुरा गरेका छन्।

खोपले कोरोनालाई पूरै रोक्छ वा कोरोना संक्रमणको असर कम मात्रै गर्ने हो?

डा. अजय परिख : खोपले कोरोना संक्रमणको असरलाई कम गर्छ। यो ढाल वा रक्षाकव हो। खोपको प्रभावकारिता ८४ देखि ९१ प्रतिशतसम्म हुन्छ। अर्थात् खोप लगाएका ८४ देखि ९१ प्रतिशत मानिसलाई संक्रमण हुँदैन। यसको अर्थ खोप लगाएकामध्ये १६ देखि ९ प्रतिशत मानिसलाई संक्रमण हुन सक्छ। अहिलेसम्मको अनुसन्धानले संक्रमणको जटिलता कम गर्न खोप सय प्रतिशत प्रभावकारी देखिएको छ भने मृत्युलाई पनि सय प्रतिशत नै रोक्ने देखाएको छ।

खोपको पहिलो डोज लगाएपछि पनि कोरोना संक्रमण किन हुन्छ?

डा. अजय परिख : खोपको पहिलो डोज लिएपछि त्यसले शरीरलाई यो भाइरस हो, संक्रमण गर्न सक्छ भनेर जानकारी दिन्छ। त्यसपछि त्यसविरुद्ध लड्न शरीरले आफूलाई तयार पार्छ। पहिलो डोज लिएपछि दुईदेखि ४ हप्तासम्ममा केही प्रतिशत एन्टिबडी पनि बनाउँछ।

डा. भीपी पाण्डे : खोपको संरचना यस्तो छ कि यो शरीरमा गएर एन्डिबडी निर्माण सुरु गर्छ। शरीरमा एन्डिबडी बन्न समय लाग्छ। पहिलो डोज लिएको १५/२० दिनपछि एन्टिबडी बन्न सुरु हुन्छ। जुन कोरोना रोक्न सक्षम हुँदैन। जब दोस्रो डोज लिइन्छ, त्यसलाई बुस्टर भनिन्छ।

डा. भीपी पाण्डे : यदि दोस्रो डोज लिन ढिला गरियो भने संक्रमण हुने खतरा बढ्छ। तर दोस्रो डोज लगाएपछि हामी भन्न सक्छौं कि कोरोना संक्रमण भइहाले पनि त्यसले गम्भीर बिरामी बनाउन सक्दैन। मृत्यु त हुँदै हुँदैन।

भर्खरै