२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याइँदै, तीन जिल्लाका सिडिओको बैठक बस्दै
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

384

काठमाडौँ । उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।

मंगलबार फेरि बैठक बसेर यसबारे निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। यसअघि उपत्यकामा प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा एकसाताका लागि निषेधाज्ञा गरेका थिए।

तर सरकारले भने उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। प्रमुख जिल्ला अधिकारीहरुले त्यसअघि नै एकसाताका लागि निषेधाज्ञा जारी गरेकाले फेरि त्यसलाई परिमार्जन गर्दै लम्ब्याउन लागेका हुन्।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु खुलेकोले भिड नघटेको प्रशासनको निचोड छ । यसलाई काम गर्न र झन कडाइ गर्न निषेधाज्ञा थप गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारीले छलफलमा हालको प्रावधानले चाहेजति सवारीको चाप कम नगरेको निस्कर्ष निकालेका छन्।

बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले नै थप कडाइ गर्ने तयारी गरेको छ। मन्त्रीपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन हुने गरी थप व्यवस्था गर्न लागिएको बताइएको छ ।

सवारी पासमा र हिंडडुलमा पनि कडाइ गर्ने तयारी प्रमुख जिल्ला अधिकारीहरुको छ।

प्रधानमन्त्री ओलीले पनि सोमबार सम्बोधनका क्रममा निषेधाज्ञालाई थप कडाइ गर्ने घोषणा गरेका छन्। सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरिसकेकाले थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई सहज भएको हो।

उपत्यकामा १६ गते बिहानदेखि निषेधाज्ञा जारी छ। कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा थप कडा र लम्बिने देखिएको छ। अहिलेसम्म ४५ भन्दा जिल्लामा निषेधाज्ञा गरिएको छ ।

भर्खरै