
अछाम – स्थानीय तहको निर्वाचनमा अछाममा प्राप्त भएको बजेट करिब शतप्रतिशत खर्च भएको छ ।
अछामका १० वटा स्थानीय तहका लागि तीन करोड ८९ लाख ९८ हजार चार सय १५ रुपैयाँ प्राप्त भएकोमा तीन करोड ८९ लाख ९३ हजार एक सय ९४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ । पाँच हजार दुई सय २१ रुपैयाँ मात्रै फिर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसैनलाई दुई करोड १३ लाख ७४ हजार प्राप्त भएकोमा दुई करोड १३ लाख ७३ हजार गरेको छ । यस्तै, निर्वाचन अधिकृतको कार्यालय चौरपाटीलाई १७ लाख ७९ हजार ६९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ७९ हजार १०३ रुपैयाँ खर्च भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय साँफेबगरलाई २४ लाख २५ हजार ८४० रुपैया प्राप्त भएकोमा २४ लाख २५ हजार ५२८ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेल्लेखलाई २० लाख ४८ हजार प्राप्त भएकोमा २० लाख ४७ हजार ९९६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामको तथ्याकमा उल्लेख छ ।
निर्वाचन अधिकृतको कार्यालय वान्नीगढी जयगढलाई १७ लाख ८१ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ८० हजार ७१५ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय रामारोशनलाई २० लाख २९ हजार प्राप्त भएकोमा २० लाख २८ हजार ५५७ रुपैया खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय कमलबजारलाई १७ लाख ९२ हजार बजेट प्राप्त गरेकोमा १७ लाख ९१ हजार ५९६ खर्च गरेको छ ।
यस्तै निर्वाचन अधिकृतको कार्यालय पन्चदेवल विनायकलाई २० लाख ८५ हजार प्राप्त भएकोमा २० लाख ८४ हजार खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय तुर्माखाँदलाई १९ लाख ७४ हजार रकम प्राप्त भएकोमा १९ लाख ७३ हजार ७६५ खर्च र निर्वाचन अधिकृतको कार्यालय ढकारीलाई १७ लाख आठ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख आठ सय रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ ।
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो
-
निर्वाचनका लागि एमालेले गरायो आयोगमा दल दर्ता
-
नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र
-
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने
-
प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता
-
प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !
-
लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात
-
दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ : सांसद चौधरी
-
यस्ताे छ काठमाडौं महानगरले भत्काउन अल्टिमेटम दिएकाे नर्भिककाे संरचना (फाेटाेसहित)