२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
देउवाको माग सम्बोधन गर्ने गरी ओलीको ‘सम्बोधन’, अब कार्यान्वयन हेर्नुछ : कांग्रेस
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

275

काठमाडौं : नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि आफूले उठाएका मागको सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिवद्धता आएको बताएको छ ।

प्रधानमन्त्री ओलीले आज देशवासीका सम्बोधन गरेका थिए । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकार सक्रिय रहेको र सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले सम्बोधनमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले उठाएका मागको कार्यान्वयन गर्ने प्रतिवद्धता आएको कांग्रेसले जनाएको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘प्रधानमन्त्रीको सम्बोधनमा कोरोनाको रोकथाम र उपचारका लागि नेपाली कांग्रेसका सभापतिले पार्टीका तर्फबाट उठाएका मागहरु केहि मात्रामा कार्यान्वयन गर्ने प्रतिवद्धता आएको छ । यी लगायत हामीले उठाएका अरु बुँदाहरुलाई समेत तत्काल कुरामा मात्र होइन, काममा पूरा गर्न माग गर्दछौं ।’

कांग्रेस सभापति देउवाले केही दिन आफ्नै निवासमा पत्रकार सम्मेलन गरी सरकारलाई कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराएका थिए ।

उनले सरकार कोरोना नियन्त्रणका लागि संवेदनशीन नरहेको दावी गरेका थिए ।

देउवाले कोरोना नियन्त्रणमा आवश्यक सहयोगका लागि विदेशी दातृनिकाय र मुलुकलाई आग्रह गरेका थिए ।

भर्खरै