२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
टी-ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

61

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-ट्वान्टी क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको हो।

यसअघि नेपाल १४औं स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो।

नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११औं स्थान हो। टी-ट्वान्टीको नयाँ वरीयताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्यूजिल्यान्ड छ। त्यसैगरी, चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

नेपालले एक दिवसीय वरीयतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६औं स्थानमा छ। यसअघि नेपाल १७औं स्थानमा रहेको थियो।

एक दिवसीयको नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।

भर्खरै