२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोरोनाको हटस्पट बाँकेमा आज बिहान थप तीन संक्रमितको मृत्यु
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

52

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका-५ की ३३ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएकै दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ओलीले बताए ।

खजुरा गाउँपालिका-७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए ।

वैशाख १० गते गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।

भर्खरै