२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
हेटौँडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

50

कवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण गएराति २ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा उपचाररत २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। प्रविण श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौँडा अस्पतालले पुष्टि गरेको छ ।

उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड-१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारका क्रममा उनीहरुको मृत्यु भएको डा। श्रेष्ठले बताए ।

मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक दुवै जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसअघि मकवानपुरमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै