Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ को आयोजक हामी होईनौं : बाबा कन्सल्टेन्सी

    ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ को आयोजक हामी होईनौं : बाबा कन्सल्टेन्सी

    नेपालमञ्च संवाददाता
    साउन ९ २०७९, सोमबार
    1.1K
    SHARES

    सीड्नी । सिड्नीमा गत शुक्रबार सम्पन्न ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ को विषयलाई लिएर नेपालबाट संचालनमा आएका अनलाइनहरूमा अस्ट्रेलिया र काठमाडौमा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशित भएकोमा कन्सल्टेन्सीले आपत्ती जनाएको छ ।

    विना आधार र प्रमाण कपोकल्पीत भ्रामक र मनगढन्ते समाचार बनाएकोप्रति शैक्षिक क्षेत्रमा नेपाल र अस्ट्रेलियामा एउटा अलग पहिचान बनाएको संस्थाको व्यवसायीक धर्म र व्यक्तीगत प्रतिष्ठा धमिल्याएको भन्दै उक्त कन्सलटेन्सीको आरोप छ।

    बाबा एजुकेशनले भारतिय सीनेमाकर्मी गोबिन्दाको कार्यक्रमको मुख्य प्रायोजक मात्र रहेको र अन्य कुनै कार्यमा बाबाको कुनै पनि संलग्नता र आबद्धता नभएको प्रेस विज्ञप्तीमा उल्लेख छ । सीडनीमा सम्पन्न कार्यक्रममा सो कलाकारको भिषा समेत अर्को कुनै कन्सलटेन्सीले गरेको र आयोजक समेतले त्यसको पृष्टी गरिसकेको अवस्थामा प्रायोजक बाबाले भिषा गरेर मानिस भगायो भन्नु हास्यास्पद भएको बाबाले जनाएको छ ।

    ‘कन्सल्टेन्सीको नाम बदनाम गराउन खोजिएको छ त्यसमा हामी विशद्ध रुपमा हामी प्रायोजक मात्र हौँ, हामी आयोजक होइनौँ र भिषा प्रकृया पनि हामीले गरेका होइनौं । आयोजक लाहुरी टिभी हो ।’ विज्ञप्तीमा भनिएको छ।

    कन्सल्टेन्सीले भ्रामक समाचारमाथि विश्वास नगर्न आग्रह समेत गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend