२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेकपा (ओली) समूह नेपाल धितोपत्र बोर्ड नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम अस्पताल हृदयघात
साढे ५ महिनामा १९ गैंडा मरे
नेपालमञ्च
२०७७ पुष १६ बिहीबार
  •  
  •  
  •  
  •  

485

चितवन : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले मरेको जानकारी दिए । गैंडाको खाग र खुर सुरक्षित छ ।

यो आर्थिक वर्षको साउनयता बुधबारसम्म साढे पाँच महिनाको अवधिमा मृत्यु हुने गैंडाको संख्या १९ पुगेको छ । यीमध्ये चारवटा गैंडा खागका लागि तस्करहरूले मारेको अधिकारीले बताए । अन्य १५ गैंडा बूढो भएर, प्राकृतिक कारण वा अन्य घटनारदुर्घटनामा परेर मरेका हुन् ।

आव ०७५/७६ मा मात्रै अहिलेसम्मकै धेरै ४३ वटा गैंडा मरेका थिए । यो वर्ष पनि त्यही अनुपातमै गैंडाको मृत्यु भएको देखिएको छ । गत आर्थिक वर्षमा र अन्य केही आर्थिक वर्षमा चितवन निकुञ्ज र यस आसपासमा वर्षमा २५र२६ वटा गैंडा मर्ने गर्थे ।

केही वर्षयता नियन्त्रणमा रहेको चोरी सिकार पनि यो वर्षदेखि सुरु भएको छ । तस्करहरूले खागका लागि गैंडा मार्ने गर्छन् । गैंडा मारेमा, यसको अंगको ओसारपसार वा किनबेच गरेमा १० लाख रुपैयाँसम्म जरिवाना, १५ वर्षसम्म कैद वा दुवै कारबाही हुने कानुनी व्यवस्था छ ।

भर्खरै