
भक्तपुर – भक्तपुरकाे सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।
घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका- ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएकाे थियाे । जसबारे भक्तपुर क्षेत्र नम्बर २ का सांसद बस्नेतले संसदमा दिएको अभिव्यक्तिको विरोध भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकाेमा आपत्ति जनाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ ।
सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहाेरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।
-
अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो