Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ‘गाई’ चुनाव चिन्हबारे कमल थापालाई राजेन्द्र लिङ्देनको जवाफ– मात्तिनु पर्दैन !

    ‘गाई’ चुनाव चिन्हबारे कमल थापालाई राजेन्द्र लिङ्देनको जवाफ– मात्तिनु पर्दैन !

    नेपालमञ्च संवाददाता
    साउन ९ २०७९, सोमबार
    1K
    SHARES

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गाई चुनाव चिह्न कसैलाई पनि दिने निर्णय नभएको स्पष्ट पारेका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ‘गाई’चुनाव चिन्हका रूपमा कुनै दललाई दिने निर्णय नगरेको बताएका हुन् ।

    ‘गाई चुनाव चिन्हका रूपमा कुनै दललाई दिने निर्णय भएको छैन । अन्तरिम आदेश‘अहिले कसैलाई नदिनु भन्ने हो। कसैले मात्तिनु र कसैले आत्तिनु पर्दैन । अदालतको पूर्ण फैसला कुरौं,’ उनले भनेका छन् ।

    आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलापछि ‘गाई’ चिन्ह पाउने बाटो खुलेको बताएका थिए ।

    ‘राप्रपा नेपाललाई ‘गाई’ चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतका सम्माननीय न्यायमूर्ति आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेपछि अब राप्रपा नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको छ । राप्रपा नेपालले न्याय पाएको छ । सम्मानित सर्वोच्च अदालत र माननीय न्यायाधीशहरुमा हार्दिक आभार । व्यक्तिगतरुपमा मैले राहत पाएको छु । अनर्गल आरोपबाट मुक्ति पाएको छु । विद्वान वकिलहरु डा.सुरेन्द्र भण्डारी, डा.चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र नरप्रसाद थापा र भुपेन्द्र पोखरेल प्रति कृतज्ञ छु ।निर्वाचन आयोगलाई पनि धन्यवाद छ,’ उनले भनेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend