Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता

    नेपालमञ्च संवाददाता
    साउन ७ २०७९, शनिबार
    438
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच भेटवार्ता भएको छ। भेटवार्तामा शिक्षा क्षेत्रका विविध विषयमा कुराकानी भएको छ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाको भेट भएको हो । भेटमा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।

    साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend