२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लुम्बिनीमा प्रदेश प्रमुखको बलमिच्याईं, अल्पमतका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १९ आईतवार
  •  
  •  
  •  
  •  

189

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा आज नै नियुक्त भएका शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अल्पमतमा रहेका एमाले प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीको सपथ गराएका हुन् ।

प्रदेशसभामा ८१ सदस्य रहेकोमा विपक्षी दलहरुले ४२ सांसदको हस्ताक्षर बुझाउँदा पनि प्रदेश प्रमुखले बलमिच्याईं गरेर पोखरेललाई मुख्यमन्त्री पदको सपथ गराएका हुन् ।

आज राति आठ बजे कडा सुरक्षाका बीच मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गरे ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ ९१० अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

भर्खरै