२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संक्रमितको उपचारका लागि निजीलाई आह्वान, एकदिनको खर्च ३५ सय देखि १५ हजारसम्म
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १९ आईतवार
  •  
  •  
  •  
  •  

289

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमितको संख्या थपिदै गएपछि उपचारका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ।

सरकारी अस्पतालमा संक्रमितले बेड पाउन मुस्किल भएपछि सरकारले निजी अस्पताललाई कोरोनाको उपचारका लागि सूचीकृत हुन आह्वान गरेको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले आज एक सूचना प्रकाशित गर्दै काठमाडौंमा संक्रमितको उपचारका लागि निजी अस्पताललाई आग्रह गरेको हो ।

सरकारले निजी अस्पतालमा आइसोलेसनका लागि प्रतिबेड एक दिनको तीन हजार पाँच सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियूमा भेन्टिलेटरसहितको उपचारका लागि १५ हजार रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।

सरकारको मापदण्ड अनुसार उपचार गराउन चाहने काठमाडौं जिल्लाका इजाजत प्राप्त २५ देखि २०० बेडसम्मका सामुदायिक, गैह्रसरकारी र निजी अस्पताललाई सूचीकृत हुन तीन दिनको समय उपलब्ध गराइएको छ ।

No description available.

भर्खरै