
मोरङ : प्रदेश १ सरकारले हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए ।
नेकपाका पुष्पकमल दाहाल र माधवकुमा नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएकाले विश्वासको मत लिन पनि अधिवेशन आह्वान गरिएको एक मन्त्रीले बताए । तर माघ ८ गतेभित्र अधिवेशन बोलाइसक्ने बाध्यात्मक अवस्थासमेत थियो ।
प्रदेशसभा गठनको तेस्रो वर्ष बित्न लाग्दासम्मा पनि प्रदेशको नामकरण हुन सकेको छैन । त्यसैले पनि यो हिउँदे अधिवेशन अर्थपूर्ण मानिएको छ । नेकपा विभाजित भएको अवस्थामा नामकरणका लागि दुई तिहाई पुर्याउन समस्या हुने देखिएको छ ।
प्रतिक्रिया