२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सुनसरीमा कोरोना संक्रमित आमा–छोराको मृत्यु
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १८ शनिबार
  •  
  •  
  •  
  •  

175

सुनसरी : सुनसरीमा कोरोना भाइरसको संक्रमणबाट आमा छोराको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकमा बस्ने आमाछोराको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट ८४ वर्षीया आमाको मृत्यु भएको चार दिनपछिआज ६४ वर्षीय छोराको पनि मृत्यु भएको हो ।

इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङकाअनुसार वृद्धाको गत बुधबार विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो ।

काठमाडौंम कोरोना संक्रमणको त्रास बढेपछि उनी दुई साताअघि इनरुवास्थित घर आएकी थिइन् ।

कोरोना संक्रमणबाट वृद्धाको मृत्यु भएपछि उनका परिवारको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा ६४ वर्षीय छोरा, उनका श्रीमती र दुई छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ६४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा पनि समस्या देखिएपछि कोसी अस्पतालमा तत्काल भर्ना गरेर उपचाररत अवस्थामा मृत्यु भएको गुरुङले बताए ।

परिवारका अन्य सदस्यहरु कोरोना पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएकाले घरैमा रहेको वडाध्यक्ष गुरुङले बताए ।

भर्खरै