२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरतपुर अस्पतालमा उपचाररत सबै कोरोना संक्रमितलाई अक्सिजनको सहारा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १७ शुक्रबार
  •  
  •  
  •  
  •  

231

काठमाडौ : चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सबै विरामीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको चिकित्सकले बताएका छन् ।

अत्यधिक मात्रामा अक्सिजन लगाएपनि संक्रमितले श्वासप्रश्वासमा समस्या भएको गुनासो गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पालमा कोरोना संक्रमितको चाप बढेको बताए ।

उनले संक्रमित विरामी थपिदै जाँदा अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने उल्लेख गरेका छन् । उनका अनुसार प्रत्येक १२ घण्टामा २५ जना संक्रमित थपिएन थालेका छन् ।

‘आगामी ४८ घण्टामा पनि यही अवस्था कायम रहे अस्पतालका अन्य महत्वपूर्ण सेवाहरु नै प्रभावित हुने संभावना बढेको छ,’ उनले भने, प्रसूति सेवा, आईसियू, एनआइसियू, अप्रेशन सेवा, पोष्टोप र डायलासिस सेवा बाहेक पुरा अस्पताल कोभिडका बिरामीले भरिने छन् ।’

उनले अवस्था गम्भीर बन्नसक्ने उल्लेख गर्दैलाई सजग बन्न आग्रह गरे ।

भारतमा कोरोना संक्रमणले ल्याएको विपत्तिको उदाहरण दिँदै नेपालमा त्यस्तो अवस्था आउन नदिन स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा अस्पतालका अध्यक्ष अधिकारीको सुझाव छ ।
उनले समयमै खतराको पहिचान गर्न सुझाएका छन् ।

No description available.
May be an image of 1 person, standing and indoor
May be an image of indoor
May be an image of standing and indoor

भर्खरै