Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • कडा सुरक्षाबीच बुढीगंगा नगरपालिकाको मतगणना शुरु

    कडा सुरक्षाबीच बुढीगंगा नगरपालिकाको मतगणना शुरु

    नेपालमञ्च संवाददाता
    असार २४ २०७९, शुक्रबार
    258
    SHARES

    काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरु भएको छ । हिजो भएको मतदानको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको हो ।

    मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

    मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ । बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend