२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सदनमा जानेबेला विरामी भएँ, अस्पताल लैजादा बेहोस भएछु : जनमोर्चा सांसद शाही
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १६ बिहीबार
  •  
  •  
  •  
  •  

173

पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले सदन जाने तयारी गरिरहेको बेला आफू अचानक विरामी भएको बताएका छन् ।

सत्तापक्षीय दल एमालेको प्रलोभनमा विरामी भएको अभिनय गरेको चर्चा भइरहेका बेला सांसद शाहीले सदन जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको प्रष्टिकरण दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले सदनमा जाने तयारी अवस्थामा नै अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका हुन् ।

बुधबार गण्कडी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुँने कार्यसूची थियो ।

तर सांसद शाही मोवाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएपछि निकै खोजीनिती गरिएको थियो ।

उनी पोखराको चरक मेमोरियल अस्पतालको आईसियूमा उपचाररत अवस्थामा भेटिएका थिए । शाही एकाएक सम्पर्कविहीन भएपछि सभामुखले सदन अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

शाहीले पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

जनमोर्चाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

‘मेरो आफ्नै भाइ (जुनविक्रम शाही) लाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु,’ विज्ञप्तीमा उनले भनेका छन्, ‘म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

भर्खरै