२०७७, २३ फाल्गुन आईतवार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने
नेपालमञ्च संवाददाता
२०७७ पुष १५ बुधबार
  •  
  •  
  •  
  •  

425

सोल : दक्षिण कोरियाले सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आउने कामदारको संख्या निर्धारण गरेको छ ।

बुधबार बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिको बैठकले ५२ हजार कामदारलाई कोरियामा ल्याउने भएको हो ।

नेपाल लगायत रोजगार अनुमति प्रणाली मार्फत् कामदार पठाउने १६ वटा देशबाट कामदार कोरिया आउने छन् । कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय भने भएको छैन ।

सन् २०२० मा ५६ हजार कामदार ल्याउने कोटा भएपनि कोरोना महामारीका कारण ३० हजार ९ सय ९ जना अझै कोरिया आएका छैनन् । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कोरोनाका कारण बाँकी रहेको कोटा कामदार कोरियापछि नयाँ कोटा सुरु हुने जनाएका छन् । ‘हामीले कोटा निर्धारण समितिमा बुझ्दा पहिलो यो वर्षको कोटा सकाउने र आउने वर्षको कोटा अनुसार कामदार ल्याउने जानकारी पाएका छौं । कोटा निर्धारण समितिको बैठक पनि त्यही छलफल भएको हो,’ उनले भने ।

सन् २०२१ मा तोकिएको ५२ हजार मध्ये उत्पादन क्षेत्रमा सबै भन्दा बढि ३७ हजार ७ सय जना, कृषि क्षेत्रमा ६ हजार ४ सय जना, मत्स्यपालन क्षेत्रमा ३ हजार जना, निर्माण क्षेत्रमा १८ सय जना, सेवा क्षेत्रमा ९पुरानो समान बटुल्ने छान्नेमा० १ सय जना आउन पाउने छन् ।

यो कोटा मध्ये ४० हजार नयाँ कामदार आउने हुन् भने १२ हजार कमिटेड (प्रतिबद्ध कामदार) कामदार कोरिया आउन पाउनेछन् । कमिटेड कामदारमध्ये १० हजार ३ सय उत्पादन क्षेत्रमा आउनेछन् भने कृषि क्षेत्रमा काम गर्नका लागि १ हजार ३ सय १० जनाको कोटा रहनेछ । कोरियामा ४ वर्ष १० महिना एउटै कम्पनीमा निरन्तर काम गरेमा कमिटेड कामदारका रुपमा फेरि कोरिया आउन पाउने नियम छ ।

आगामी वर्षको अप्रिलसम्म २२ हजार कामदारलाई रोजगार अनुमति दिने र बाँकी कामदार भने रोजगारदाताहरुको माग र कोरियाको अर्थतन्त्रको अवस्था हेरेर अनुमति दिँदै जाने समितिले जनाएको छ ।

भर्खरै