
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ’, उनले भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना छैन ।’
उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको टिप्पणी गरे ।
‘आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन’ नेता पुनले भने ।
-
जसपा र हामी एउटै सरकारमा बस्न तयार छौँ : राजेन्द्र महतो
-
अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन