Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल

    ‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल

    नेपालमञ्च संवाददाता
    असार ११ २०७९, शनिबार
    225
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण ओली सरकारको अन्त्य भएको बताए।

    शनिबार कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छन् कि भन्ने त्रासका बीच बाँच्नु परेको बताए।

    उनले ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्ने र दक्षिणपन्थीको मतियार बनेको बताए। उनले भने, ‘जो बालुवाटारप्रति बफादार छ उसैलाई मात्र च्याप्ने गरे। त्यसकारण म नेकपा एमाले भन्दिनँ- केपी ओली गुटमात्र भन्छु।’

    उनले ओलीले चारचार पटक बजेट ल्याउँदा समेत केही नभनेको बताए । उनले भने, ‘त्यति खेरको प्रतिपक्षी पनि निदाएको थियो। कतिपय नेता त संसदमै देखिँदैनथे। यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल-प्रलाप मात्रै थियो।’

    खनालले केपी ओलीको पागलपनकै कारण दुई दुईपटक प्रतिनिधिसभा विघटन भएको समेत बताए। उनले भने, ‘त्यो संसद नेकपाको दुई तिहाइको शक्ति थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend