Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

    नेपालमञ्च संवाददाता
    असार ११ २०७९, शनिबार
    1.1K
    SHARES

    दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो।

    पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । मृतक र घाइते श्रीमान् श्रीमती भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।

    दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय वासिन्दाले बिहान ९ बजेदेखि १ बजेसम्म ढकेरीमा प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend