
काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् ।
श्रीवास्तव शनिबार दिउसो ४ः ०० बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए ।
श्रीवास्तव करियर कूटनीतिज्ञ हुन्। सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले काठमाडौं आउनु अघि परराष्ट्र मन्त्रालय अन्तर्गत नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मङ्गोलियन मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । त्यसक्रममा उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँगका विभिन्न चरणको कुटनीतिक वार्तामा भारतीय प्रतिनिधिको नेतृत्व गरेका थिए ।
यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएको दुई हप्तापछि श्रीवास्तवलाई नियुक्ति गरिएको थियो ।
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो
-
निर्वाचनका लागि एमालेले गरायो आयोगमा दल दर्ता
-
नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र
-
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने
-
प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता
-
प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !
-
लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात
-
दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ : सांसद चौधरी