Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    असार ११ २०७९, शनिबार
    237
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

    योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।

    अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend