
काठमाडौँ । काठमाडौंको गौशालामा दुई वर्षअघि साथीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल छन् । २५ वर्षीय मल्ललाई जिप्रका उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए ।
विवेकमाथि २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।
कुमारीगाल बस्ने २० वर्षीय उज्ज्वललाई आरोपीले ‘मेथाडोन’ नामक लागु औषध धेरै खुवाएर हत्या गरेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका थिए । मृतकलाई आफुले ‘मेथाडोन’ दिएको विवेकले प्रहरीसँग स्विकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–‘हामि खाएर बसेका थियौं, उज्जवल आएर मागेपछि हामिले दिएका हौं ।’
लागु औषध खाएपछि अस्पतालमा उनको मृत्यु भएको थियो । हत्यामा संलग्न आरोपी मल्ल कटारीमा मामाघरमा लुकेर बसेका थिए । उनले काठमाडौंमा विभिन्न ठाउँमा डाँका र चोरी गरेको प्रहरीको रेकर्डमा देखिएको छ ।
-
जसपा र हामी एउटै सरकारमा बस्न तयार छौँ : राजेन्द्र महतो
-
अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन