
काठमाडौँ – गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर गेसोका पदाधिकारीहरुले देउवासँग भेटवार्ता गरेका हुन् । गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा बालुवाटार पुगेको प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीचको छलफल भएको हो । सो छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग गेसोको टोलीले नेपाल र बेलायतबीच हुन गइरहेको वार्तामा के कस्तो तयारी भइरहेको छ भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्री देउवाले वार्ताको मिति तोकि नसकिएको र आगामी जुलाईमा वार्ता शुरु हुनसक्ने बताएको गेसो सभापति राईले जानकारी दिए ।
यदि जुलाईमा वार्ता शुरु नभए पनि नेपाल र बेलायतबीच भूतपूर्व गोर्खा सैनिकका बारेमा वार्ता भएरै छाड्नेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री देउवाले बताएको अध्यक्ष राईको भनाइ छ ।
यस्तै गेसोको पदाधिकारीहरुले परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावासले छलफल गर्दा गेसोलाई सहभागी नगराएको बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले वार्ता टोलीको संयोजकलाई सरोकारवालाहरुसँग छलफल गर्न निर्देशन दिइसकेको बताएका थिए । गेसोले गोरखाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन पनि प्रधानमन्त्रीसित माग गरेका छन् ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल