
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो ।
नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।
वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।
नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।
यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल