
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेललाई कारबाहीको माग गरेको छ ।
कोइराला र पोखरेलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई पत्र लेखेर उनीहरुलाई पदबाट बर्खास्त गरी कारबाही गर्न माग गरेको हो ।
राप्रपाका ज्ञानेन्द्र शाहीले न्याय परिषदलाई बुझाएको पत्रमा न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायीक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्न माग गरिएको छ ।
पत्र बुझाउँदै शाहीले भनेका छन्, ‘ एउटा फुटपाथमा कपडा बेच्नेलाई हिरासतमा लगेर अनुसन्धान गर्न मिल्ने, करोडौं रकमको घुस बार्गेनिङ गर्ने न्यायाधीशलाई हिरासतमा लगेर किन अनुसन्धान गर्न नहुने ?’
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल