
काठमाडौँ – प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताइन् ।
केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ ।
राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भनिन्, ‘सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने ?’
उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराइन् । ‘यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरिन् ।
उनले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिइन् । उनले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औँल्याइन् ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल