Online Nepal
  • शनिबार, ११ असार २०७९
  • वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

    वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    108
    SHARES

    काठमाडौँ – सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अस्थायी नियुक्ति दिएको हो ।

    ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

    १५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

    केही दिन अगाडि मन्त्रिपरिषद्को बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त निगमको महाप्रबन्धक पद रिक्त रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend