Online Nepal
  • शनिबार, ११ असार २०७९
  • अफगानिस्तानमा भारी वर्षा, भूकम्प पीडितको उद्दारमा कठिनाई

    अफगानिस्तानमा भारी वर्षा, भूकम्प पीडितको उद्दारमा कठिनाई

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    57
    SHARES

    काबुल–अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिकाे बाढीले सडक प्रभावित भएकाे छ ।

    ‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ । नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend