
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले तत्काल मन्त्रिमण्डल विस्तार हुने बताएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेका हुन् ।
उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ ।’
उनले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठ/नौ महिना भइसकेको उनले बताए ।
‘मन्त्री भन्ने चिज चीरस्थायी होइन । स्थायी सरकार भए पाँच वर्ष हो,’ उनले भने, ‘आठ/नौ महिना भयो उहाँहरू मन्त्री भएको । बिदा गर्नुपर्ने स्थिति आयो । कसैले विद्रोह गर्छु भनेको छैन् ।’
पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ । अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ छ ।
‘को व्यक्तिले कहाँ कससँग भेट्यो भन्नेले अर्थ राख्दैन,’ उनले भने ।
जेठ २२ गते एकीकृत समाजवादीका मन्त्रीहरूलाई फिर्ता बोलाउने उक्त पार्टीले निर्णय गरेको थियो । तर, दुई हप्ता भन्दा बढी समयसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन् ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल