
भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमा विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न भने कहिल्यै आनाकानी र इन्कार गरिनन् । बरु शिक्षा र स्वास्थ्यमा दत्तचित्त भएर खटिन् ।
यसरी खट्दा खट्दै बुधबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा ६२ वर्षको उमेरमा शोभाको निधन भएको भयो । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाले ११ मंसिर २०४१ मा नारायणमान बिजुक्छेंसँग विवाह गरेकी थिइन् । विवाह अघिदेखि नै उनी शिक्षण पेसामा आवद्ध भएकी थिइन् ।
२० भदौ २०३५ रामेछाप ठेसोस्थित शारदा माविमा प्रावि तह अस्थायी शिक्षिका भएर अध्यापन थालेकी उनी १९ फागुन २०४० मा भक्तपुरको च्याम्हासिंहस्थ्ति बागीश्वरी माविमा सरुवा भएर शिक्षाको ज्योति बाँड्ने काम गरिन् । उनी २ पुस २०६८ प्रावि तह द्वितीय श्रेणीमा वढुुवा भइन् ।
निरन्तर शिक्षण पेशामा रहेकी उनी १३ पुस २०७७ मा उमेरहदका कारण अनिवार्य अवकास पाए पनि शिक्षाको क्षेत्रमा भने क्रियाशील रहिरहिन् । जीवनको ४२ वर्ष लामो समय शिक्षिका भएर बिताएकी उनी अवकाश पाएपछि पनि शिक्षाकै क्षेत्रमा क्रियाशील भइन् ।
क्यान्सरसँग लड्दै र शिक्षाको क्षेत्रमा क्रियाशील रहेकी बागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्यको भूमिकाबाट बालबालिकाको शिक्षामा योगदान गरिरहिन् ।
बिदामा समेत नबसी अध्यापनमा शोभा खटिने गरेको उनका सहकर्मी ज्ञानसागर प्रजापति सम्झन्छन् । शोभाकै कारण विद्यालयमा क्यान्सर पीडितहरुको लागि उपचार गर्न १० लाखको अक्षय कोष स्थापना गरिएको प्रजापतिले बताए ।
‘उहाँंले (शोभा) सेवानिवृत्त भएपछि पाउनुभएको दुई लाख रुपैयाँं क्यान्सर पीडित स्कुल परिवारको उपचारका लागि भनि कोष स्थापना गरी पैसा जम्मा गरिदिनुभयो,’ प्रजापतिले भने, ‘उहाँंकै उत्प्रेरणाबाट मैले पनि एक लाख राखेँ, अर्का शिक्षक रामप्रसाद सुवालले एक लाख राख्नुभयो, फेरि अर्की शिक्षिका शोभना शाक्यले ५० हजार राख्नुभयो । यसरी चार लाख ५० हजार जम्मा भयो र पाँंच लाख ५० हजार स्कुलले थपेर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’
-
एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा