
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० अंकले घटेको छ । विहीबार कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक समाचार तयार पर्दासम्ममा ५०.६० अंकले घटेको छ । यससँगै, परिसूचक १ हजार ८४२ अंकमा आइपुगेको छ । यस्तै, १ बजेर ३० मिनेट जाँदा सम्ममा नेप्सेमा ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।
यति बेलासम्मको अवधिमा नेप्सेमा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
यद्यपि, यस अवधिसम्ममा नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले भने सकरात्मक सर्किट हानेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ । यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल