Online Nepal
  • शनिबार, ११ असार २०७९
  • तालिवानले भूकम्प पीडितको उद्धारका लागि माग्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोग

    तालिवानले भूकम्प पीडितको उद्धारका लागि माग्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोग

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    102
    SHARES

    काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ ।

    तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । उनले दातृ निकाय र छिमेकी देशहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।

    बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते भएका छन् ।

    भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाउँमा पहिरो गएको छ । उद्धारकर्ताले दोश्रो दिन पनि भत्किएका घरहरुमा खोजी तथा उद्धारको काम गरिरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend