
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले कांग्रेस देशको समृद्धिका लागि जिम्मेवार पार्टी भएको बताएकी छन् । उनले हरेक अफ्ठ्यारो परिस्थितिमा कांग्रेसले नै देशलाई सहि दिशामा ल्याएको उल्लेख गरिन् ।
‘देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने पार्टी हो कांग्रेस,’ बुधबार कांग्रेस म्याग्दी जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘उखान टुक्का सुनाएर जनतालाई अलमल्याउन कांग्रेसलाई आउँदैन ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेस प्रभावशाली नेतृ देउवाले उखान टुक्का सुन्न कुनै पार्टीको कार्यकर्ता बन्न जरुरी रहेको टिप्पणी गरिन् । उनले रमाइलोका लागि टेलिभिजनमा हाँस्यव्यंग कार्यक्रम हेर्न सुझाइन् ।
‘हाँस्नकै लागि त टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन,’ उनले भनिन् ‘उखान टुक्का सुनाउँदै हिंड्ने कांग्रेस होईन, कांग्रेस हरेक अफ्ठ्यारो परिस्थितिमा देशलाई बचाउने पार्टी हो।’
उनले बजेट कार्यान्वयन नहुनु नेपालको समस्या भएको बताइन् । बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फलोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ,’ देउवाले भनिन् ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल