
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तिमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ ।
‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट बाँडफाँट गर्दा सबै वडामा विनियोजित बजेटको कम्तिमा ५० प्रतिशत रकम एउटै योजनामा हाल्ने नीति ल्याउन लागेको हो ।
‘यस बिषयमा गाउँ कार्यपालिकामा छलफल गरेर सहमति जुटिसकेको छ । भोलि नै हामी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछौँ’, गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले भने ।
विगत हप्ता दिनदेखि गाउँपालिकाका नवनिर्वाचित टिम नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमाका लागि छलफल गरिरहेका छन् । यस गाउँपालिकामा ८ वटा वडा छन् । गाउँपालिकाले आगामी आवका लागि प्रत्यक वडाका लागि एक करोड रुपैँया विनियोजन गर्ने तयारी गरेको छ । जसमध्य कम्तिमा ५० लाख एउटै योजनामा हाल्ने नीति यस पालिकाको छ ।
गौरवका योजनामा अहिले तत्काल सडक र खानेपानी जस्ता पूर्वाधारको कामलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘विगतमा टुक्रे बजेट हाल्ने, नयाँ र कच्ची सडक खन्ने, तर बर्खा लागेपछि हिँड्न पनि नसकिने खालको सडक हुने । तर, अब हामीले सडक पुर्वाधार र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर टुक्रे बजेटलाई निरुत्साहित गर्दै दीर्घकालीन योजनाहरू अघि बढाएर कम्तिमा पाँच वर्षमा देखिने र जनताले महसुस गर्न सक्ने गरि काम गर्नेछौँ’, अध्यक्ष तिमिल्सिनाले भने ।
अन्य नीति तथा कार्यक्रम पालिका भरका जनताको चाहाना र मनोभावना र आवश्यकताका आधारमा ल्याईने उनले बताए । ‘सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुवाती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ’, उनले भने ।
-
एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा