Online Nepal
  • शनिबार, ११ असार २०७९
  • सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

    सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    93
    SHARES

    सिरहा : लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

    सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

    सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।

    डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend