Online Nepal
  • शनिबार, ११ असार २०७९
  • पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    असार ८ २०७९, बुधबार
    75
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप १० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend