२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
किन पार्टीको प्राथमिकतामा पर्दैन सँस्कृति अनि साँस्कृतिककर्मी ?
शिव शंकर प्र. रिजाल (जोगिन्दर पानवाला)
२०७८ बैशाख ११ शनिबार
  •  
  •  
  •  
  •  

172

हाम्रो सँस्कृति :

भनिन्छ, ‘जुन राज्यमा गाई माई ऋषिमुनी र सँस्कृतिलाई सम्मान गरिन्छ त्यो देश देवराज इन्द्रले राज्य गरेको इन्द्रासन (स्वर्ग) भन्दा पनि श्रेष्ठ र समृद्ध राज्य हुनेछ । जुन देशमा सँस्कृतिलाई महत्व दिदैंन भने त्यो देश इन्द्रासन होइन निन्द्रासन हुनेछ ।’ हो, यी माथिका हरफहरुले पनि सँस्कृतिको महत्व कति रहेछ भन्ने दर्शाउँदछ ।

प्राणीहरुमा मानिस श्रेष्ठ र सभ्य जाति हो । मानिसको श्रेष्ठता नै उसको साँस्कृतिक विम्ब हो । हाम्रो सँस्कृति हाम्रो रगतसँग गाँसिएको हुन्छ । मनुष्य र सँस्कृति एक अर्काको परिपुरक हुन् ।

मानिस जहाँबाट प्रारम्भ हुन्छ त्यहीबाट सँस्कृतिको शुरुवात हुन्छ । मानिसको सभ्यताको इतिहास पनि सँस्कृति चिनारीमा अडेको हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक कारणले नै मानिसहरु समाजमा विविध सँस्कृतिमा बाडिएको हुन्छ ।

यो विविध प्रकृति नै मनुष्यको मौलिक सँस्कृति हो । सँस्कृति विशिष्टताबाट नै मनुष्य समाजको श्रेष्ठता झल्किन्छ । अझ बहुआयाम बहुभाषी, बहुजाती, बहुसँस्कृति भएको हाम्रो देश नेपालमा त नेपाली सँस्कृति नेपालको जीवन रहेको छ । राष्ट्रको गौरवसँग गासिएको हाम्रो सँस्कृति त झन अपरम्पार रहेको छ ।
हाम्रो समाजमा मानिस जन्मिनासाथ सँस्कृतिको शुरुवात हुन्छ । मनुष्य जन्मिएपछि मृत्युवरण भईसकेपछि पनि उ सँस्कृतिमै घेरिएको हुन्छ । मृत्यु भयो अब ऊ सँस्कृतिबाट अलग भएको होइन ।

जन्मे पछि जन्म दिन हुँदै आ–आफ्नै नीति नियम र कर्म अनुसार न्वारन, विवाह, ब्रतबन्ध, खानपिन, रितिरिवाज, शिक्षादिक्षा, आहारविहार, गीतसंगीत, नृत्यअभिनय, भाषासाहित्य, मुर्तिकला, चित्रकला, पुजापाठ, बोलिचाली, भेषभुषा आदि इत्यादि सँस्कृतिलाई अँगाल्दै मनुष्य जब मृत्युशैयामा पुग्छ ।

मृत्यु पछि पनि आ–आफ्नै नीतिनियम र कर्म अनुसार गोदान, ब्रम्हनाल हुँदै घाटमा पुग्छ । त्यसपछि पनि १३ औ दिनको कार्य, ४५ औं दिनको कार्य, बार्षिकी कार्य भएपछि पनि ऊ सँस्कृतिसँग अलग्गिन पाउँदैन ।

र कंयौ बर्षसम्म पनि जन्मजयन्ती अनि मृत्यु तिथीलाई समातेर श्रद्धा (श्राद्ध) गरिन्छ भने पछि मानिस जन्मिएर मृत्यु भएपछि पनि कयौं बर्षसम्म हाम्रो समाजमा हाम्रो सँस्कृतिको विशाल घेराभित्र मृत्युवरण पश्चात पनि ऊ रहिरहन्छ ।

त्यसैले हामीले मान्दै आएको र अँगालेको सँस्कृति कति विशाल छ र हाम्रो सँस्कृति कति व्यवहारिक छ यसैले पुष्टी गर्दछ ।

सँस्कृति त्यो चिज हो जो विशाल छ अनि बलवान छ । मुलुकको उन्नतिको लागि आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक र कृषि क्रान्तिको जुन भूमिका हुन्छ सँस्कृति क्रान्तिको भूमिका झन अब्बल रहेको देखिन्छ ।

सायद त्यही भएर होला अहिलेका केही विकशित मुलुकहरुले साँस्कृतिक क्रान्ति मार्फत नै उदोगति तर्फ रहेको मुलुकलाई उभोगति तर्फ लगे । विश्वमा जति पनि उन्नत र विकशित राष्ट्रको पहिचान त्याहाँ रहेको सँस्कृतिक विकास र विस्तारबाट नै सम्भव भएको छ ।

हामीले हाम्रो देश चिनाउने आधार भनेको नै सँस्कृति नै हो । सँस्कृतिको सम्बर्धन विना राष्ट्रको उत्थान हुन सक्दैन । सँस्कृतिले मबाट हामी बनाउन खोज्छ ।

अनि हाम्रो सँस्कृतिले हाम्रो देश नेपाल जोड्छ । पूर्वी नेपालमा बस्ने राजबंशीको हुक्का हुक्की पर्व किन नहोस, मैथली समाजको सामाजचकेवा पर्व र झिझिया नाच किन नहोस ।

सुदुरपश्चिमको देउदा नृत्य, थारु समुदायको सौराही पर्व, माघी र चाचर नृत्य, किराँतको मारुनी नाच, तामाङको तामाङसेलो र डम्फु नाच, लिम्बुको धान नाच, शेर्पाको भोटेसेलो नाच र ल्होसार पर्व, राईको चण्डी नाच, गुरुङको रोधी र सोरठी नाच, थकालीको फालो पर्व, माझीको सोह्रश्राद्ध, झाँगडको झाँगड नाच, नेवार समुदायको लाखे र धिमे नाच, नयाँ बर्षको भिन्तुना पर्व, मधेशमा मनाइने जितिया पर्व र सिरुवा पर्व, चेपाङको चोनाम पर्व, बुद्धिष्टको बुद्ध पूर्णिमा, मुस्लिमको बकरइध र रमजाम अनि समग्र नेपालीको दशैं, तिहार, छठ, तिज, जनैपूर्णिमा, माघे शंक्रान्ति यी हाम्रा सँस्कृति हुन ।

इन्द्रजात्रा, घोडेजात्रा, भोटेजात्रा, विस्केट जात्रा, गाईजात्रा, रातोमत्स्येन्द्रनाथको रथ यात्रा, र समय समयमा लाग्ने मेला र जात्राहरु पनि हाम्रा सँस्कृति हुन । हामीले बोल्ने भारोपाली भाषा, भोट बर्मेली भाषा, द्रविध भाषा, र आग्नेयाली भाषा पनि हाम्रा सँस्कृति हुन ।

भगवान बुद्ध, राजा जनक, जननीमाता जानकी, व्यास ऋषि, परासर ऋषि, अरनिको, भृकुटी, लक्ष्मी प्रसाद देवकोटा, भानुभक्त आचार्य, नारायण गोपाल, तारादेवी, मदन भण्डारी, विपी कोइराला मानव सँस्कृतिका महान व्यक्तित्वहरु हुन् ।

नेपालमा रहेका २५० लोकबाजाहरु जस्तै : सहनैइ, ढोलक, दमाहा, ट्याम्को, झ्याम्टो, नरसिंहा, कर्णाल, मादल, बाँसुरी, मुरली, हार्मोनियम, जस्ता अनेक बाद्यबाधकहरु पनि हाम्रा सँस्कृति हुन् ।

मुसरले मुसा मार्नु, मलाहाले माछा मार्नु, चमारले बासको सामान बनाउनु, कुमालेले भाडाकुडा बनाउनु, सिकर्मीले सीप सिकाउनु, चित्रकारले चित्र कोर्नु, डकर्मीले ढुंगा सम्बन्धी सामान बनाउनु, गायकले गीत गाउनु, संगीतकारले संगीत भर्नु, कविले कविता लेख्नु र वाचन गर्नु, बाद्यबाधकले बाजा बजाउनु, पुरेतले पुरेत्याही गर्नु, पुजारीले पुजा गर्नु र घण्टा बजाउनु, कपाल खौरीनु, भेषभुषा लगाउनु, कथाकारले कथा बाचन गर्नु, हास्य कलाकारले हसाउनु, कलाकारहरुले अभिनय गर्नु, यी सब हाम्रा सँस्कृति हुन् ।

हामी कला र सँस्कृतिको रुपमा धनी देश, अनगिन्ती कला र सँस्कृतिले भरीपुर्ण हामी नेपाली, पूर्वमा आफ्नै सँस्कृति, पश्चिममा आफ्नै सँस्कृति, बहुभाषी बहुजाती रहेको हाम्रो यस मुलुकमा बहुसँस्कृति रहेका छन् ।

सँस्कृति धनी यो देशलाई जोगाइ राख्न सकियो भने हाम्रो सँस्कृति हेर्न र बुझ्न बर्षेनी लाखौं पर्यटक हामीले भित्रयाउन सक्छौं । सायद यही भएर नै इटलीको रोम, ग्रीसको यथेन्स, फ्रान्सको पेरिस, जर्मनको बर्लिनमा मानव सभ्यता र सँस्कृति बुझ्न करौडौं पर्यटक आउँछन र जाँन्छन् ।

सायद यही सँस्कृतिको महत्व बुझेर चीनमा सँस्कृति क्रान्ति भयो । जसको फलस्वरुप आजको परिवेशमा संसारकै ठुलो अर्थतान्त्रिक देश बनेको छ । यसैले हामीले हाम्रो सँस्कृतिलाई भुल्दै पश्चिममा सँस्कृति वा आयातित सँस्कृतिलाई अँगाल्न थाल्यौं भने हामी तहसनहस हुन्छौं ।

भनिन्छ, कुनै देशलाई तहसनहस बनाउनु छौं भने शुरुमा बुलेट र ब्यालेटले होइन पहिला सँस्कृति माथि आक्रमण गरिन्छ । जस्को जलन्त उदाहरण क्रिमिया रसियामा बिलय हुनु । अष्टे«लिया महाद्धिपमा अंग्रेजको अहिल्यै सम्म दबदबा रहनु, सिक्किम भारतमा बिलय हुनु ।

यसैले हामीले हाम्रो कला सँस्कृतिलाई जर्गेना गर्दै, मजबुत पार्दै अँगाल्ने र बाहिरी सँस्कृतिलाई सम्मान गर्दै सँगाल्ने गरियो भने मात्र हाम्रो सँस्कृति बलियो धुरी खम्बाको रुपमा रहनेछ ।

हाम्रो सँस्कृतिलाई मजबुत बनाउ, बलवान बनाउ, संरक्षण गरौं, सम्बर्धन गरौं अनि प्रबर्धन गरौं तब मात्र हामी सक्षम, सफल र उन्नतम हुनेछौं । त्यही भएर महामानव विपीले भन्नु भएको छ, राजनीतिक बनोटको चारैतिरबाट घेरा हालिएको हुन्छ भने कलासँस्कृति विश्वव्यापी हुन्छ र यो घेरा मुक्त हुन्छ ।

सँस्कृतिको विकास र गतिशिल पहिचानाबाट नै विश्व मानव समाजको उन्नयन सम्भव छ । सँस्कृतिको क्षेत्र सार्वभौम मुक्तिको विषय हो । यसको विकास र सम्र्बधनबाट नै राष्ट्रको विशिष्ट परिचय झल्कन्छ ।

साँस्कृतिककर्मीहरु माथि पाटीको हेराई (दृष्टिकोण) :

राजनीतिक र सँस्कृति एकअर्काको परीपुरक पनि हुन । राजनीति नै विश्वको सर्वोच्च सँस्कृति हो । राजनीतिक सँस्कृतिबाट विकसित मनुष्य समाजले विविध सौन्दर्य कला सँस्कृतिहरु निर्माण गर्दै आइरहेको छ ।

राजनीति दुषित हुन गएमा सँस्कृति छटाहरुमा दुस्प्रभाह पर्न सक्छ । राजनीतिक र सँस्कृतिकका मर्यादाहरु एक अर्कासित गासिएको हुन्छ । राजनीतिक कठोर हुन्छ भने सँस्कृति दयालु हुन्छ । राजनीतिमा बिचलन आयो भने सँस्कृतिमा पनि त्यसको नकारात्मक असर पर्न सक्छ ।

हाम्रा देशका ऐतिहासिक पाटीको यात्रा पनि सँस्कृति गतिविधाबाट नै प्रारम्भ भएको छ । यसैले म भन्दछु जसरी सुरक्षा दिनेलाई सुरक्षाकर्मी, राजनीतिक गर्ने वा संरक्षण गर्नेलाई राजनीतिकर्मी भनेको जस्तै कला र सँस्कृतिलाई मलजल गरी संरक्षण र सम्बर्धन गर्नेलाई साँस्कृतिककर्मी भनिन्छ ।

साँस्कृतिककर्मी भनेको सँस्कृतिकै मेरुदण्ड हो । साँस्कृतिककर्मीले मलजल गरेको सँस्कृतिलाई राज्यले संरक्षण गर्नु पर्दछ ।

सायद त्यही भएर होला साँस्कृतिककर्मीहरुको आवश्यकतालाई महशुस गरी पाटीमा पनि साँस्कृतिककर्मीहरुको भातृ तथा शुभेच्छिक संघ वा संगठनको रुपमा स्थापना गरिएको छ ।

नेपाली काँग्रेसको नेपाल साँस्कृतिक संघ, नेपाल कम्युनिष्ट पाटी नेकपाको जनसाँस्कृतिक महासंघ, नेपाल जनता समाजवादी पाटीको समाजवादी साँस्कृतिक महासंघ, राष्ट्रिय प्रजातन्त्र पाटीको प्रजातन्त्रीक साँस्कृतिक संगठन र अन्य पार्टीको पनि साँस्कृतिककर्मीहरुको संघ वा संगठन रहेको छ ।

यी साँस्कृतिककर्मीहरुले आफ्नो सँस्कृतिको जर्गेना गर्दै इतिहासको कालखण्डमा भएको व्यवस्था परिवर्तनमा गीतसंगीत, कविता, अभिनय, हाँस्यव्यङ्य, कथा, मुक्तक, चुटकिला, बाजागाजा लिएर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अहम भूमिका खेलेका छन् ।

गाउँबाट उठेका छन्, बस्तीबाट उठेका छन् । कोही आवाज लिएर उठेका छन । कोही कलम लिएर उठेका छन् । कोही मसाल लिएर उठेका छन् । चाहे क्रान्ति सफल पार्न होस, चाहे शान्ति सफल पार्न साँस्कृतिककर्मीको ठुलो भूमिका रहेको छ ।

सायद सँस्कृतिकर्मीहरुको भूमिका नभएको भए पाटीहरुले आफ्नो भातृ वा शुभेच्छुक संस्थाको रुपमा ठाउँ दिदैनन् थिए होला । भूमिका र महत्व भएर नै साँस्कृतिककर्मीहरुलाई पाटीको एक अंश बनाइएको हो ।

मातृ पाटीहरुले साँस्कृतिककर्मीहरुको संघ वा संगठनलाई भातृ संस्थाको रुपमा हेरे पनि आवश्यकता र अवसरबाट साँस्कृतिककर्मीहरुलाई बञ्चित गरिएको देखिन्छ ।

साँँस्कृतिककर्मीलाई गाउने, बजाउने, हसाउने, अनि मास जम्मा गर्ने फिरन्तेको रुपमा हेरिन्छ । यो सरासर गलत हो ।

साँस्कृतिककर्मीहरु गाउने, नचाउने, बजाउने, हसाउने, रमाइलो गराउने, चेतना, फिजाउने, अनि सभासम्मलेनमा मास जम्मा गराउने पनि हुन ।

तर के यति मात्र हो र साँस्कृतिककर्मी ? के साँस्कृतिककर्मीले सदनको रोस्टममा बसेर बोल्न सक्दैनन ? के साँस्कृतिककर्मीले मन्त्रालयको जिम्मेवार लिएर मन्त्रालय चलाउन सक्दैनन् र ? के साँस्कृतिककर्मीहरुले योजना आयोगमा बसेर योजना बनाउन सक्दैनन र ? के साँस्कृतिककर्मीले कुनै देशमा गएर नेपाली दूतावास चलाउन सक्दैन र ? अवश्य सक्छन…

तर किन पाटीले साँस्कृतिककर्मीलाई राजनीतिक अवसर र मौका दिदैन । दुःख लाग्छ, यस्तो प्रवृति अब सधैको लागि हट्नु पर्छ । साँस्कृतिककर्मीहरु पनि अब राजनीतिमा अगाडि बढ्नु पर्छ ।

मातृ पाटीले भातृ संघसंगठनलाई छायामा नपारी माया गर्नु पर्छ । किनकी मातृ पाटी भनेको आमा हुन् र भातृ भनेको दाजुभाई वा ति आमाका सन्तान हुन् ।

आमाले आफ्ना छोरा र सन्तानलाई कसैलाई काखा र कसैलाई पाखा होइन । सबै सन्तानलाई सम्मानपूर्वक माया गर्नुपर्छ ।

लेखक नेपाल साँस्कृतिक संघका केन्द्रिय महामन्त्री हुन्

भर्खरै