२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कांग्रेस नेता गुरुङको बिएण्डसी अस्पतालमा मृत्यु
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १० शुक्रबार
  •  
  •  
  •  
  •  

89

ताप्लेजुङ : कांग्रेस फुङलिङ नगरपालिकाका सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बिहीबार बेलुका श्‍वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान झापाको बिर्तामोड पुर्‍याइएका गुरुङको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

मृत्युपश्चात् गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

झापा लैजानु अघि गुरुङलाई जिल्लाको तमोर अस्पतालमा जाँच गरिएको थियो । निमोनिया र टाइफाइडको शंका गरी सुविधासम्पन्न अस्पताल जान सल्लाह दिएको अस्पताल स्रोतले बताएको छ ।

गुरुङको शवलाई वाहनमा राखेर गृह जिल्ला ल्याउने र नेपाली सेनाले अन्त्येष्टि गर्ने प्रजिअ पाण्डेले बताए ।

‘परिवारले यतै ल्याउन खोज्नुभयो,’ पाण्डेले भने, ‘शव वाहनमा उहाँको मात्रै शव ल्याइन्छ, आफन्तहरुले चीता बनाउनु हुन्छ र सेनाको टोलीले दाहसंस्कार गर्छ ।’

फुङलिङ नगरपालिका ६ घर भएका गुरुङ सामाजिक कार्यमा पनि अग्रसर थिए । उनले आफ्नै लगानीमा ब्याडमिण्टन हल बनाएर जिल्ला ब्याडमिण्टन संघलाई हस्तान्तरण गरेका छन् ।

भर्खरै