२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले मलेसियालाई ६९ रनले हरायो, नेपाल फाइनलमा
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ९ बिहीबार
  •  
  •  
  •  
  •  

103

काठमाडौं : नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थान हासिल गर्दै फाइनल पुगेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

मलेसियाका अमिनुद्धीन राम्लीले सर्वाधिक ४१ रन बनाए ।

अहमद फैजले ३१ रन जोड्दा फित्री सामले १४ र विरन्दिप सिंहले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले सर्वाधिक ४५ रन बनाए । यस्तै आसिफ शेखले ४२ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । दिपेन्द्र सिंह ऐरी ३३ रनमा आउट भए ।

मलेसियाका अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए ।

त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए । अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोड्यो । मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

भर्खरै