Online Nepal
  • शनिबार, ११ असार २०७९
  • माओवादीले स्थानीय तह चुनावको समिक्षा गर्दै

    माओवादीले स्थानीय तह चुनावको समिक्षा गर्दै

    नेपालमञ्च संवाददाता
    जेष्ठ २० २०७९, शुक्रबार
    213
    SHARES

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्चुअल रूपमा बस्ने भएको छ । आज साँझ ६ बजे भर्चूअल बैठक बस्ने तयारी भएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठकमा यसअघि बाँकी रहेका एजेण्डाबारे छलफल हुने र निर्वाचनको समीक्षापनि हुने ढकालले बताए । यसअघि गत फागुनमा जेठ २० गतेको लागि बैठक बोलाइएको थियो।

    भौतिक रूपमा बैठक बस्न सम्भव नभएको भन्दै माओवादी केन्द्रले भर्चुअल रूपमा बैठक बोलाएको हो।माओवादीले भौतिक रूपमा छलफल हुनेगरी असार दोस्रो साता बैठक बस्ने जनाइएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend