Online Nepal
  • शनिबार, ११ असार २०७९
  • लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

    लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    339
    SHARES

    लमजुङ । लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीशहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् ।

    बेँसीसहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित भएकी छन् । उनले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    नागरिक लक्षित कार्यक्रम, महिला सशक्तीकरण, शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।

    यस्तै, दोर्दी गाउँपालिका वडा ७ मा नेकपा एमालेकी रिसमाया गुरुङ निर्वाचित भएकी छन् । उनले ४ सय १९ मत ल्याएर आगामी ५ वर्षका लागि वडाध्यक्षमा चुनिएकी हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend