Online Nepal
  • शनिबार, ११ असार २०७९
  • चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता

    चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    474
    SHARES

    चितवन । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

    रेनुने अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

    यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend