
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् ।
शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ ।
जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गत ४ जेठमा पंकज समूहले ललितपुरको एक होटेलमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो । त्यही कार्यक्रम मार्फत नेम्बाङले उम्मेदवारी घोषणा दिए । यस्तै वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिए । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुलेका छन् ।
यता, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिएका छन् ।
पंकजको शक्ति प्रदर्शनमा ५५–६० मताधिकारको सहभागिता रहेको थियो ।
भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शनमा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् । यस्तै विज्ञानराज शर्माले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यस्तै भोलिको शक्ति प्रदर्शनमा तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ ।
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
अगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा
-
पार्टी नफुटाएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुनसक्थ्यो : नेपाल