Online Nepal
  • शनिबार, ११ असार २०७९
  • बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?

    बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    981
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    १ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।

    नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend